स्वयम्भुमा गोली चल्यो, १ जना घाइते

स्वयम्भुमा गोली चल्यो, १ जना घाइते

gon

काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए ।

प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा लोप्साङ भनिने मिलन लामा छन् । उनी राजधानीमा हुने चोरीका घटनामा संलग्न रहँदै आएका प्रहरीले जनाएको छ । लोप्साङको घुँडा मुनि २ ओटा गोली लागेको छ । उनलाई उपचारका लागि अहिले वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समय उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षकी छोरीलाई ज्यान मार्दिन्छु भन्दै धम्की दिएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनको खोजी गरेको थियो । लोप्साङसँगै प्रहरीले अमृत तामाङ भन्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds