पोखरामै भेटियो २१ जना डेंगुका बिरामी, लामखुट्टेबाट बचौं

पोखरामै भेटियो २१ जना डेंगुका बिरामी, लामखुट्टेबाट बचौं

Dengu-2

पोखरा । पोखरामै झण्डै दुई दर्जन डेंगुका बिरामी भेटिएका छन् । यही सातामात्रै २१ जना डेंगुका बिरामी भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काका अनुसार पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानका पोखरा आएका ४ जनामा डेंगु लागेका बिरामी भेटिएको हो ।

उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेको उनले बताए । धरानबाट डेंगु लागेर औषधी खाइ रहेका दुई जना पोखरा आएको बताए । पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरु भएको क्षेत्रमा बढि मात्रामा डेंगुका विरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए । उनले पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको बताए ।

पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको उनले बताए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचारभन्दा पनि उत्पत्ति रोक्न जरुरी भएको बताए । ‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगर मात्र होइन, यसबारे सबै सचेन हुन आवश्यक छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ