पोखरा । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवर्द्धनमा लागेका छन्। पोखराको रोटर्याक्ट क्लव अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवर्द्धनमा विविध कार्यक्रमहरु गर्ने भएको छ।
क्लवले भ्रमण वर्षको सन्दर्भमा क्लवले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ। पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका करिब ३० जना युवाहरुले सहभागिता जनाएका थिए। नेपालको राष्ट्रिय झण्डासहित सुरु भएको पदयात्राका क्रममा युवाहरुले भ्रमण वर्षको पोष्टर तथा पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।
पदयात्राको क्रममा रानीवनमा क्लवको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पर्यटकहरुको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरु यसको प्रवर्द्धनमा लागिरहेका छन्।

क्लवले आगमी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लवका सदस्यहरुले सामाजिक संजालहरुमार्फत यसको प्रचार प्रसार गर्ने, क्लवका सबै कार्यक्रमहरुमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरु र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लवले गरेको छ ।
क्लवको नियमित प्रकाशनहरुमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनहरु समेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन्।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु