भारतीय पूर्वविवदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्। सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्।
उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्। शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो। भारतीय राजनीतिमा सुषमा स्वराजलाई रोल मोडलका रूपमा लिइन्छ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितले दुःख व्यक्त गरेका छन् । सुषमाको बुधबार अपराहन्न४ बजे अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिने बताइएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते