पोखरा । पोखराका चोकहरुमा ट्राफिक लाईट छैनन् । तर अब महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदलाई लक्षित गर्दै चारवटा चोकहरुमा ट्राफिक लाईट जडान गर्ने तयारी गरेको छ ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर भित्रमा सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना समेत बनाउको जानकारी दिए ।
जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन सम्बन्धी काम अगाडि बढाईने छ ।’ बजार क्षेत्रभित्र ट्राफिक व्यवस्थापन समस्या बढ्दै गएको छ ।
ट्राफिक व्यवस्थापन सहज बनाउन महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो ।
जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम