पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार हिटलरको पथमा अगाडि बढिरहेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेको नेपाली प्रेसको अधिकारलाई कुण्ठित गरी मुलुकमा कम्युनिस्ट तानशाही लादेर ओली सरकार हिटलर शैलीमा अगाडि बढेको आरोप लगाएका हुन् ।
‘प्रजातन्त्र र लोकतन्त्रका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसलाई निरुसाहित गर्न ओली सरकारले प्रेसविरोधी कानून ल्याएर नियन्त्रण गर्न खोजेको छ,’ देउवाले भने, ‘प्रेसलाई नियन्त्रण गरेर हिटलर शैलीको शासन गर्ने ओली सरकारको सपना कांग्रेसले कुनै पनि हालतमा पूरा हुन दिनेछैन ।’सभापति देउवाले सरकारले संसदमा पेस गर्न लागेको प्रेसविरोधी कानूनलाई कुनै पनि हालतमा पास हुन नदिने दाबी गरे । ‘हामीले कुनै कुर्सी र टेबल नभाँची संसद्बाटै प्रेसविरोधी कानूनलाई फिर्ता लिन बाध्य पार्नेछौं,’ उनले भने ।
http://gandaknews.com/dayashankar/
http://gandaknews.com/thapa-deuba/
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम