पोखरा । प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारजनले अग्रज पत्रकार रविन्द्रनाथ बास्तोलालाई पुरस्कारण अर्पण कार्यक्रममा वक्ता थिए नेकपा कास्कीका अध्यक्षं एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा । कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । फरक पार्टीका देउवासामु थापाले आफू पोखराको मेयर हुँदादेखिका दुई घटना स्मरण गराए ।
दुवै प्रसंग पार्टी नहेरी आफू र आफ्नो पार्टीले गरेको प्रजातान्त्रिक व्यवहार सम्बन्धित थिए । मेयर भएका बेला आफूले कार्यालय उपलब्ध गराएर उदार बनेको कुरा सुनाए । त्यसपछि कार्यक्रम सम्बन्धित नै रहेर अर्को घटना पनि देउवासामु खुलस्त पारिदिए । एक त कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको हलमै थियो, संघको एक संस्थापक दयाशंकर बाचुञ्जेल प्रजातन्त्रका लागि लडेका व्यक्ति थिए र विश्वशंकर दयाशंकरकै छोरा भएकाले पनि थापाले देउवासामू यो मौका चुकाएनन् । पालिखे परिवार काँग्रेस निकट हुन्, अझै नजिकमा देउवा निकट । उनले स्पष्टताका साथ भनिदिए – ‘पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकरलाई जितायौं हामीले ।’
थापाले भने – ‘विश्वशंकरजी उद्योग वाणिज्य संघको चुनाव लड्ने कुरा गर्दै हुनुहुन्थ्यो , आएर भन्नुभयो ए थापाजी म कसरी यो कुरा भनौं, म दयाशंकरको छोरा, मेरो परिवार सिंगो प्रजातन्त्रको लागि होमिएको तर आज एउटा सामान्य उद्योग वाणिज्य संघको अध्यक्ष पनि आज मलाई यो पार्टीले पत्याएन । म के गरौं भनेर भन्नुभयो । उद्योग वाणिज्य संघको अध्यक्ष पार्टीले पत्याउनुपर्ने विषय होईन, एउटा साझा संस्था हो । सबैले पत्याए भने यसको अध्यक्ष हुन्छ । ल तपाईं अध्यक्ष बन्नुहोला भनेर हामीले उहाँलाई अध्यक्ष बनायौं ।’ थापाले यसो भनिरहँदा देउवा कहिले थापातिर हेर्थे, कहिले तलतिर हेर्थे ।
https://www.facebook.com/gandaknews/videos/2648339845178594/
त्यही कार्यक्रममा देउवाले ओली हिटलर शैलीमा अघि बढेको भन्नु अघि नै थापाले भनिसकेका थिए प्रजातान्तिक मूल्यमान्यता भाषणमा होइन, हाम्रा आचारण र व्यवहारमा देखिनुपर्छ । थापाले दुई घटना स्मरण गरेको प्रसंग पनि प्रजातान्त्रिक व्यवहारका सम्बन्धमै थियो ।
२०७३ साल भदौ ३१ र असोज १ गते भएको पोखरा उद्योग वाणिज्य संघको ३१ औं अधिवेशनमा विश्वशंकर पालिखे आफ्ना पाँच प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्ष चुनिएका थिए । जुनबेला तत्कालिन नेकपा एमालेको साथ पालिखेलाई थियो । एमाले निकट वर्तमान महासचिव दामु अधिकारी तत्कालित महासचिव बनाउने र अध्यक्षमा पालिखेलाई समर्थन गर्ने गोप्य सहमति थियो । पालिखेसँग अध्यक्ष पदमा भिडेका पाँच जना नै काँग्रेस निकटका थिए । त्यसैकारण पनि पार्टी चुपचाप अवस्थामा थियो । जसले जितेपनि काँग्रेस निकट नै हुने भएपछि कुनै कसरत नै गरिएको थिएन । देव क्षेत्री, नारायण कोइराला, ईश्वर कर्माचार्य, हिरा भट्टराई र धनीराम बराल अध्यक्ष पदमा भिडेका थिए । पालिखेले ९५५ मत ल्याएर विजयी हुँदा देव क्षेत्री ८००, नारायण कोईराला ४११, हिरा भट्टराई १६३, ईश्वर कर्माचार्य १२३ र धनिराम वराल ४४ मत ल्याएका थिए ।
खचाखच भरिएको पोखरा उद्योग वाणिज्य संघको हलमा केहीले थापाले काँग्रेसलाई भित्तैमा पुग्ने गरी भने है भन्दै साउती मारेको सुनिन्थ्यो ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम