सोमबार राती १२ बजे पोखरा महानगरपालिका वडा नं ६ को कार्यालयमा चोरी भएको छ । कार्यालयबाट राजस्व संकलनको तथ्यांक रहेको २ वटा कम्प्यूटर चोरी गरिएको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । मंगलबार बिहान कर्मचारी कार्यालय पुग्दा चोरी भएको थाहा भएको थियो ।
‘सिसिटिभी फुटेज हामीले हेर्यौं, अनुहार सबै नदेखिने तरिकाले आएको रहिछ,’ वडाध्यक्ष पहारीले भने, ‘माहुरीको मह काढ्दा लगाइने कपडा लगाएर आएको देखियो ।’ अनुसन्धानका लागि सो सिसिटिभी फुटेज अहिले प्रहरीले लगेको छ ।
यसअघि पोखराका वडा नम्बर ५, १३, १४,१५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरीका घटना भइसकेका छन । तर, प्रहरीले चोरी गर्नेको पहिचान भने गर्न सकिरहेको छैन ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम