पोखराको बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक तीज मेला

पोखराको बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक तीज मेला

Teej

पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ ।स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लबले राम जि।सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी शुरु गरेको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

५ दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता, द्वितीय हिमालय कप खुला पुरुष भलिवल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्टा, सहयोगी संस्था, क्रियाशिल पत्रकार महिला सम्मान,एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव वस्नेतले बताए ।

मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने वताईएको छ । पोखराकै पुरानो मेलाको रुपमा परिचित वाटुलेचौर तिज मेलालाई थप आर्कषक बनाउन विभिन्न उपसमितिले तयारी शुरु गरेको र विभिन्न संस्थासँग समन्वय गरिएको सचिव प्रकाश थापाले जानकारी दिए ।

मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिव २५ लाख आम्दानी गर्ने अनुमान क्लवले गरेको छ । मेलावाट वचत हुँदै आएको रकम हिमालय पुस्तकालयको विस्तार सहित विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

आर्थिक अभावका कारण कतिपय चाडपर्वहरु लोप हुँदै गएको परिपे्रक्षमा मौलिक पर्व तीजलाई जर्गेना गर्न पनि मेलालाई निरन्तरता दिईएको संयोजक राम जि।सीले बताए । ऐतिहासिक दृष्टिले वाटुलेचौरको तिज मेला वि.सं. १५२५ भन्दा अगाडीवाट आरम्भ भएको स्थानियको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ