पोखरा । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५’ बाट अग्रज पत्रकार रबिन्द्रनाथ बास्तोला सम्मानित भएका छन् । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच आज बास्तोलालाई नगद रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित सो पत्रकारिता सम्मानको राशी यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशी रहेकोमा यसवर्षबाट बृद्धि गरिएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवाले प्रेसलाई अंकुश लगाउने ढंगले ओली सरकार अघि बढेको आरोप लगाए ।
महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापा, काँग्रेस कास्की सभापति कृष्ण केसी, प्रतिभा छनौट समिति संयोजक नारायण कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, सम्मानित व्यक्तित्व रविन्द्र बास्तोला लगायतले बोलेका थिए ।
पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष बास्तोला विगत २३ वर्षदेखी पत्रकारितामा क्रियाशिल रही समाज रुपान्तरणमा योगदान पु¥याएबापत सो सम्मान प्रदान गर्ने निर्णय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।
यसैबीच, बास्तोलाले आफूले पाएको पुरस्कारमा थप रकम राखी बुबा र आमाको नाममा अक्षयकोष स्थापना गरी विश्व रेवती शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने बताए । शिक्षा क्षेत्रमा योगदान दिने पत्रकारलाई २५ हजार ५५५ राशी सहित सम्मान गरिने बास्तोलाले बताए ।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम