कास्की प्रहरीको नजर पोखराको यौन धन्दातिर, पोखराबाट एकै दिन १७ जना पक्राउ

कास्की प्रहरीको नजर पोखराको यौन धन्दातिर, पोखराबाट एकै दिन १७ जना पक्राउ

youn dhanda

पोखरा । एक समय थियो, पोखराको बाग्लुङ बसपार्क बाटो हिँड्न सकिने अवस्थै थिएन । दिउँसै समेत बाग्लुङ बसपार्क गल्ली भएर ओहोरदोहोर गर्दा चिन्नेहरुले देखेभेटमा ‘ओहो के हो ? बाग्लुङ बसपार्क तिर !’ भन्ने समय थियो । काम विशेषले त्यसठाउँ पुग्नुपरे पनि चिन्नेले देख्छन् कि ? भन्दै डराउनुपर्ने अवस्था थियो ।

आफ्नो ठाउँको यति साह्रै बदनाम हुँदा त्यहीँ बसोबास गर्नेहरुलाई झनै कस्तो हुँदो हो ? हो, पोखरा बाग्लुङ बसपार्क क्षेत्र ‘अघोषित रेडलाइट एरिया’ नै हो भन्दै फरक पर्थेन । तर पोखराका अन्य ठाउँमा यौन व्यवसाय हुँदै नहुने भने होईन । लेकसाईडका ठूला होटलमा त प्रहरी छिर्न पनि छिर्दैनन् ।

कास्की प्रहरीको कमाण्ड सम्हाल्न जब बसन्तकुमार लामा आए, उनकै पालामा बाग्लुङ बसपार्कमा कडाई गरियो । त्यहाँ एकीकृत भएको जस्तो यो व्यवसाय त्यसपछि झनै छरियो । एसपी लामा पछि अहिलेसम्म यौन व्यवसायको अड्डामा निगरानी र नियन्त्रण नभएको होईन । तर, एसपी दानबहादुर कार्की कास्कीको प्रहरी नेतृत्व सम्हाल्न आएपछि लागूऔषध कारोबारीसँगै ध्यान यौन व्यवसाय बन्द गर्ने तर्फ पनि लागेको छनक मिलेको छ ।

पोखरामा एकै दिन यौन व्यवसायमा संलग्न १७ जना पक्राउ परेका छन् । सोमबार पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये १० जना महिला र ७ जना पुरुष रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १० जना महिला र ५ जना पुरुषले ग्राहकलाई सम्पर्क गर्ने, मोलमोलाइ गर्ने गरेको पाइएको छ । अन्य २ जना पुरुष भने होटल संचालक रहेको कार्कीले बताए । लेकसाइडबाट पक्राउ परेको भएपनि उनीहरुलाई फरकफरक होटलबाट समातिएको हो ।

‘गोप्य सूचना र निगरानीको आधारमा पक्राउ गरिएको हो, उनले भने, ‘२-३ ठाउँबाट नियन्त्रणमा लिएका छौं ।’ उनीहरु सबै २० देखि ३० वर्ष उमेर समूह भित्रका छन् । यसबाहेक केही नाबालिका पनि पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर उनीहरुलाई त्यहाँ पुर्याइएको खुलेको छ । उनीहरु सबै कास्की जिल्ला बाहिर गोरखा, धादिङ लगायतका जिल्लाका छन् ।

२ जना पुरुष होटल संचालक भने पहिले पनि पक्राउ परेर छुटेको पाइएको छ । पक्राउ परेकाहरुलाई मानव बेचबिखनअन्र्तत मुद्धा चलाइने प्रहरीले जनाएको छ । जहाँबाट उनीहरु पक्राउ परेका छन् ती होटलहरु बिना दर्ता संचालनमा रहेको र यौन व्यवसाय हुने गरेको प्रहरी बताउँछ ।

अवैध रुपमा भैरहेका यस्ता क्रियाकलाप नियन्त्रणमा लिन आफू नेतृत्वको प्रहरी प्रशासन क्रियाशील रहेको कार्कीले बताए । पोखराबाट समयसमयमा यौन व्यवसायमा संलग्नहरु पक्राउ परिरहेका हुन्छन् । गण्डकी प्रदेश सरकार नै व्यवस्थित रेडलाइट एरिया बनाउने पक्षमा छ ।

प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले व्यवस्थित बनाएर पर्यटकको आकर्षण बनाउनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । पोखराका सबै ठाउँमा एकै तरिकाले प्रशासनले कारबाही प्रक्रिया चलाउनुपर्यो नभए व्यवस्थित गर्न अगाडि बढ्नुपर्ने देखिएको छ ।

  • अनुप पौडेल/बिग खबर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds