पोखरा । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीण श्रीपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सात जना घाइते भएका छन् । सो पहिरोमा परी गमबहादुर श्रीपालीकी श्रीमती वर्ष ३४ की सुनिता श्रीपाली, छोराहरु बर्ष १६ को अनिल श्रीपाली, वर्ष ९ को राम श्रीपाली र वर्ष ५ को कमल श्रीपाली घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिरोमा देबेन्द्र श्रीपालीका दुई घरहरु भत्किएका छन् भने श्रीमती वर्ष ४० की चित्रदेवी श्रीपाली घाईते भएकी छन् । पहिरोमा परी केहि भैँसी, बाख्रा र कुखुराहरु पनि मरेको प्रहरीले जनाएको छ ।
१५० मिटरमाथिबाट खसेको पहिरोले ५ घर पुरिएको वडाध्यक्ष उदिन छन्त्यालले बताए । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।

सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु