पोखरा । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा जवाफ दिने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले यस्तो जानकारी दिएका हुन् ।
नेपालभित्रका जुनसुकै ठाउँमा भ्रमण गरेपनि त्यसको फोटो र भ्रमण प्रतिवेदन बुझाए प्रत्येक कर्मचारीले २५ हजार रुपैयाँ पाउने उनको भनाई छ । ‘कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था छ । उनीहरुलाई रिफ्रेसमेण्टका लागि भ्रमणको ब्यवस्था गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारीले भ्रमणको लागि पैसा पाउँछन् ।’
‘खर्च हेरेर २५ हजारसम्म दिने हो । हरेकले २५ हजार खर्च गर्न पाउँछन् तर खर्च हुनुपर्छ । एकदिन घुमेर २५ हजार पाउने होईन । विल भरपाई हेरेर भुक्तानी हुन्छ,’ उनले भने, ‘२५ हजारभन्दा बढी खर्च भए सरकारले ब्यहोर्दैन ।’
गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरवन्दी छ । सबै कर्मचारीलाई २५ हजारका दरले उपलब्ध गराए ५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ । तर सरकार कर्मचारीलाई घुम्नका लागि ९० लाख रुपैयाँ मात्रै बजेट ब्यवस्था गरेको छ । मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन बर्षलाई टेवा दिन कर्मचारी भ्रमणको ब्यवस्था गरिएको हो ।
केही समयअघि वडा सदस्य देखि मुख्यमन्त्री सम्मको सुविधा बढाएर गण्डकी सरकार आलोचित बनेको थियो । पर्यटन मन्त्री विकास लम्सालले नै इन्जोय जोन र फेवातालमा कफी सप खोलेर १ सय डलरमा कफी बेच्ने विवादित बिषय बोलेका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन