पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु

course_chineselanguage_mediumbanner

पोखरालाई आधार बनाएर पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालिम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालिम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

आधारभूत र एड्भान्स गरी २ सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालिममा सहभागी रहेका जनाइको छ ।

तालिम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालिमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ