गत साता अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै दुई नेपाली विद्यार्थीको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा परेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भएको सवारी दुर्घटनामा स्याङ्जाबाट अष्ट्रेलिया पढ्न गएका स्याङ्जाका दुई विद्यार्थीहरु २२ वर्षीया समिक्षा सुवेदी र २१ वर्षीय गोपाल भण्डारीको ज्यान गएको थियो ।
उक्त कारका चालक २२ वर्षीय सागर भट्टराईलाई शुक्रबार सिड्नी शहरमा रहेको अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भाग्न लागेका बेला पक्राउ गरिएको अष्टे«लियन प्रहरीले जनाएको छ । जानकारका अनुसार स्याङ्जा वालिङ घर भई पोखरामै लामो समयदेखि बसेर सागर पढ्दै आएका थिए । एकै गाउँठाउँका साथीहरु अष्ट्रेलिया पुगेर पनि सँगै थिए र समय हुँदा रमाईलो गर्न लामो टुरमा जाने गर्दथे । सागरलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी र्पुयाएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ ।
सागर आफै दुर्घटनाका घाईते हुन् । मोरानो राजमार्गमा दुर्घटनाग्रस्त मज्दा ६ सेडान कारका चालक भट्टराईको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेका उनलाई राजधानी क्यानबेरा लगेर उपचार गरिएको थियो । त्यसपछि उनी अस्पतालबाट बाहिरिएर सिड्नी पुगी त्यहाँबाट नेपाल फर्कने योजनामा थिए । तर, प्रहरीको तीब्र अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
स्थानीय परामाता बेल कोर्टले उनको जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने अस्ट्रेलियाको एबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।
सम्बन्धित समाचारः
http://gandaknews.com/car-acc-aus/
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते