पोखराको चिप्लेढुंगा स्थित ओपन हाउसको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष साँगीतिक कार्यक्रम अन्तर्गत आज शनिबार दोस्रो नेपाल आइडलका फस्र्ट रनरअप बिक्रम बरालको प्रस्तुति हुनेछ । बिक्रमले आफ्ना सहित नेपाल आइडलमा दर्शकले मन पराएका गीतहरुलाई प्रस्तुत गर्नेछन् । कार्यक्रम साँझ ७ः३० बजेदेखि राती ११ बजेसम्म हुने ओपन हाउसले जानकारी गराएको छ । साउन १० देखि ३२ गते सम्म हरेक शुक्रबार र शनिबार फरक फरक कलाकार र लाईभ ब्याण्डको विशेष प्रस्तुति रहने अन्तर्गत नै आज बिक्रम बरालको प्रस्तुत रहने ओपन हाउसका सञ्चालक सुरेश गुरुङले बताए ।
https://www.facebook.com/openhousepkr/videos/507109650024330/
कार्यक्रमकै अवसरमा ओपन हाउसले खानाका परिकारमा १२ प्रतिशत सम्म छुट दिएको छ । विगत लामो समयदेखि पोखराको चिप्लेढुंगामा रहेर सेवा प्रदान गर्दै आइरहेको ओपन हाउस गजलका नामले पनि परिचित छ । नियमित कलाकारमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनीरिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् । शुक्रबार लेकाली ब्याण्डले म्रस्तुति राख्दा सबैले औधी मन पराए । दैनिक गतिविधि बुझ्न यस पेज लाइक गर्नुहोला । Open House
https://www.facebook.com/openhousepkr/videos/281756856023824/
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन