‘संघीयता मलाई पनि मन परेको छैन’ – बामदेव गौतम

‘संघीयता मलाई पनि मन परेको छैन’ – बामदेव गौतम

bamdev-gautam-speaking

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गौतमले आफूलाई पनि संघीयता मन नपरेको बताएका छन् । जीवराज आश्रित दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता गौतमले मदन भण्डारी र आश्रितको आधा सपना आफूहरुले पूरा गरेको दाबी गरे।

देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस्, उनले आग्रह गरे, हामीले राजतन्त्र समाप्त गर्‍यौं। त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। कतिपयलाई संघीयता चित्त बुझेको छैन। मलाई पनि अलिअलि चित्त बुझेको छैन। उनले आफूहरुले युग परिवर्तन गरेको दाबी गरे।

भण्डारीलाई जननेता भनेर आश्रितलाई भने कुशल संगठन मात्रै भनिएकोमा आफूलाई चित्त नबुझेको उनले बताए। उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ