पोखरा। मोफसलमै प्रतिष्ठित फुटबल प्रतियोगिता आयोजना गर्ने सहारा क्लबले २०५८ सालमा पहिलो क्याराभान गोल्डकपमा समेत ३ लाख बढी नै बचत गरेको थियो । अहिलेसम्म सर्वाधिक ३३ लाख बचत गर्न सकेको सहारा क्लबले इतिहासमै सबैभन्दा कम बचत १७ औं संस्करणमा गरेको छ ।
१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ । गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट उक्त रकम बचत भएको शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा सहारा क्लब पोखराले जनाएको हो ।
यसो हुनुको प्रमुख कारण नै एन्फा कास्कीले गर्ने प्रतियोगिता जुध्नु र माघको प्रतियोगिता फागुन सर्नु हो । यस्तै, प्यारापिट समेत नभएर दर्शकललाई हेर्न असुविधा भयो । यो बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम बचत भएको हो । अघिल्लो बर्ष १६ औं आहा रारा गोल्ड कपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको थियो । १५ औं संस्करणबाट २७ लाख बढि बचत भएको थियो ।
आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लवले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैया आम्दानी भएको उनले जनाए । राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४÷४ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीबाट ४ लाख एक हजार आम्दानी भएको थियो । यस बर्ष पोखरा रंगशालामा बिना प्यारापिट प्रतियोगिता संचालन भएको हुदा कम दर्शक भित्रिदा आम्दानी निकै कम भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा आहा राराको बचत रकमले खर्च गर्दै आएको क्लवले यस बर्ष बाट भने सहारा एकेडेमी अक्षयकोषको रकम प्रयोग गर्ने भएको छ । उक्त कोषमा हालसम्म करिब एक करोड २० लाख भन्दा बढी रकम संकलन भएको उनले जनाए । उक्त रकमबाट संकलन भएको व्याजको पैसा एकेडेमीमा खर्चिने क्लवले जनाएको छ ।
त्यसैगरी, खेलाडीहरुको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैया खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहन स्वरुप शिर्शमा १३ लाख २२ हजार, प्रचार प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैया खर्च भएको थियो । त्यसै गरी रेफ्रि खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैया, मैदान, स्टेज, प्यारापिट व्यबस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैया खर्च भएको कोषाध्यक्ष लालचनले जनाए ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने