पोखराबाट अब भैरहवा जम्मा २० मिनेट, भैरहवा र भरतपुर जान प्लेनमा कति भाडा लाग्छ ?

पोखराबाट अब भैरहवा जम्मा २० मिनेट, भैरहवा र भरतपुर जान प्लेनमा कति भाडा लाग्छ ?

yeti-airlines

पोखरा । यती एयरलाइन्सले पोखराबाट अन्य शहरहरुमा पनि नियमित उडान गर्न शुरु गरेको छ । पोखराबाट काठमाण्डौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा उडान बिहीबार देखी शुरु गरेको हो ।यसैगरी, यतिले भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने जनाएको छ । यसअघि, बुद्धले भरतपुर उडान भर्दै आएको थियो ।

२० मिनेटमा उडान मार्फत पोखरा र भैरहवालाई जोड्नेछ । पोखराबाट विहान साढे ९ बजे र भैरहवाबाट पोखरा १० बजेर १० मिनेट जादाँ उठान गर्ने छ । पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाइ सेवा दिँदै आएको छ । यतीको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन ओटर र २ वटा डोर्नियर डीओ २२८ मार्फत जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ