मुग्लिनमा पूरानो जीर्ण पूलको जोखिम टर्यो, नयाँ आर्क ब्रिजमा गाडी सररर

मुग्लिनमा पूरानो जीर्ण पूलको जोखिम टर्यो, नयाँ आर्क ब्रिजमा गाडी सररर

Muglin Arch_Bridge

चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने मुग्लिनस्थित आर्क ब्रिज बुधवारदेखि सञ्चालनमा आएको छ। उक्त पुलको नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन्। पुलको तनहुँ र चितवनतिरको भागमा पछि कालोपत्रे गर्ने गरी तत्कालका लागि सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको पुल आयोजना सेक्टर नम्बर २ मध्य क्षेत्र पाटनढोका ललितपुरले जनाएको छ। १६० मिटर लामो उक्त आर्क ब्रिज गण्डकी प्रदेशको प्रवेश द्वार समेत मानिन्छ। पुरानो पुलको पिच उप्किएर जीर्ण अवस्थामा पुगेकाले पनि नयाँ पुलबाट छिटो यातायात सञ्चालन गराइएको आयोजनाले जनाएको छ।

दशैँलगत्तै थप काम गर्ने गरी हाललाई यातायात सञ्चालनमा ल्याएको योजना प्रमुख अंगलाल रोकायले जानकारी दिए। ‘पुलको दायाँबायाँ कालोपत्रे गर्ने, टेवा पर्खाल लगाउनेलगायतका बाँकी काम पछि गरिनेछ,’ उनले भने। ‘पुरानो पुल जीर्ण भएकाले नयाँ पुल रोकिराख्नुपर्ने अवस्था देखिएन।’

पुरानो पुललाई समेत मर्मत गर्ने योजना रहेको आयोजनाले जनाएको छ। इलाइट एडभान्चर लोहनी कन्टक्सनले पुल निर्माणको काम पूरा गरेको हो। नेपाल सरकारको ११ करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको आयोजना प्रमुख रोकायाले जानकारी दिए।  वैशाखमै सम्पन्न गर्ने भनिए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा मर्मतको काम भएकाले भारतबाट निर्माण सामग्री ल्याउन कठिनाइले गर्दा पुल निर्माणमा ढिलाइ हुन गएको रोकायाले बताए। त्रिशुली नदीमाथिको मुग्लिनको पुल नेपालकै कम लगानीमा निर्माण भएको नमुना पुल भएको दाबी समेत आयोजनाले गरेको छ।

http://gandaknews.com/muglin-pul/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ