फेवातालमा डुब्नेको पहिचान खुल्यो, पोखरा संगमटोलका अमित गुरुङ

फेवातालमा डुब्नेको पहिचान खुल्यो, पोखरा संगमटोलका अमित गुरुङ

amit

पोखरा । फेवातालमा बिहीबार मृत अवस्थामा फेला परेको शवको पहिचान भएको छ । पोखरा–१३ संगमटोल निवासी ३२ वर्षीय अमित गुरुङको शव रहेको प्रहरीले पुष्टि गरेको छ । फेवातालको पश्चिमी भाग खपौंदी स्थित तालमा तैरिएको अवस्थामा विहीबार शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले उनको के कारणबाट तालमा डुबेर मृत्यु भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाए । उनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ