वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवका ३ कार्यकर्ता पक्राउ

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवका ३ कार्यकर्ता पक्राउ

chori

रौतहट । नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्ता चन्द्रपुर नगपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ परेका छन् । बन्द आहृवानको पूर्वसन्ध्यामा बुधबार गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको थियो । आगजनीमा कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीका अनुसार आगजनीमा संलग्न भएका आरोपमा प्रहरीले चन्द्रपुर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिङ, मानबहादुर वाइवा, गैडाटारका रेवप्रसाद मैनालीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये रामबहादुर घिसिङ्को साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको छ । पक्राउ परेका रेवप्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको साथबाट पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेको र यसअघि पनि गैडाटारमा रहेको एनसेलको टावरको आगजनीमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीको दावी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds