एजेन्सी । पाकिस्तान इस्लामिक राष्ट्र भएकै कारण त्यहाँ रहेका अल्पसंख्यकहरुमाथि दमन र अत्याचार हुने गरेको, जबरजस्ती धर्म परिवर्तन गराउने गरेको आरोपहरु लाग्दै आएका छन् । तथापी पछिल्लो समय भने पाकिस्तानले अल्पसंख्यकहरुका लागि पनि अधिकारहरु सुनिश्चित गर्दै आईरहेको छ । त्यसमाथि पनि इमरान खान प्रधानमन्त्री बनेपछि उनको सरकारले पाकिस्तानमाथिको उक्त छबी पनि परिवर्तन गर्ने कसरतमा छन् ।
यसबीच, इमरान खानको सरकारले पाकिस्तानमा रहेको ७२ बर्षपछि हिन्दुहरुको पुरानो मन्दिरको ढोका खोलिदिएको छ । सरकारले स्यालकोटस्थित हजार बर्ष पुरानो शिवला तेजा सिंह मन्दिर खुला गरिदिएको हो । सरकारले अब उक्त मन्दिर सदाका लागि खोल्ने घोषणा पनि गरेको छ । सन् १९४७ मा भारतबाट पाकिस्तान टुक्रिएपछि उक्त मन्दिर बन्द गरिएको थियो । सो क्षेत्रबाट हिन्दुहरु पलायन भएपछि उक्त मन्दिर बेवारिसे जस्तै भएको थियो । सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिदमाथि आक्रमण भएपछि कट्टरपंथीहरुले उक्त मन्दिरमा पनि बिस्फोट गराएका थिए जसको कारण त्यहाँका अधिकांश स्तम्भहरु क्षतिग्रस्त अवस्थामा रहेका छन् ।
पाकिस्तानस्थित हिन्दु संगठनहरुले उक्त मन्दिर खोल्न आग्रह गर्दै आईरहेका थिए फलस्वरुप इमरान खानको सरकारले उक्त मन्दिर खोलिदिएको हो । साथै सरकारले उक्त मन्दिरको संरक्षणका लागि ५० लाख आर्थिक सहयोग गर्ने पनि घोषणा गरेको छ । सो रकमबाट पनि मन्दिरको पुर्ननिर्माण हुनेछ । १० औँ शताब्दीमा निर्माण भएको उक्त मन्दिर खोल्ने घोषणको हिन्दुहरुले स्वागत गरेका छन् । एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते