पोखरामा कास्की र स्याङ्जाबाट मात्रै ५ अर्ब ३० करोड राजश्व संकलन

पोखरामा कास्की र स्याङ्जाबाट मात्रै ५ अर्ब ३० करोड राजश्व संकलन

tax office

आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७५-०७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गण्डकी प्रदेश अन्तर्रगतका १० जिल्लाको समग्र राजश्व हेर्दै आएको कार्यलयले गतबर्ष देखि कास्की र स्याङजामात्र कार्यक्षेत्र कायम गरिएपछि बिगतको तुलनामा राजश्व संकलन भने घटेको कार्यालयका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले जनाए ।

कार्यालयले अघिल्लो बर्ष १० जिल्ला कार्य क्षेत्र हुँदा शतप्रतिशत अर्थात ८ अर्ब ७० करोड ९४ लाख ३० हजार राजवश्व संकलन गर्न सफल भएको थियो । कर संकलनमा संघीयताले समेत प्रभाव पारेको छ ।

आन्तरिक राजश्व कार्यालयले यस अघि संकलन गर्दै आएको घरबहाल र सम्पति कर गत बर्षदेखि स्थानिय तहले संकलन गर्न थालेपछि करसंकलनमा ठूलो प्रभाव देखिएको छ । कार्यलयको कार्यक्षेत्र घटेपछि राजश्व संकलन घट्ेको र लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

कार्यलयमा अन्तशुल्क वापतको सवै भन्दा बढी राजश्व तिर्ने सुर्य नेपाल, सुर्य ब्राण्ड, अवतीस डिष्ट्रिलरी लगायतका ब्यवसायिक प्रतिष्ठानहरुले तनहूँको दमौलीबाट सेवा लिएका कारण राजश्व संकलन कम देखिएको अधिकृत लामिछानेले बताए ।

‘अन्त शुल्कको बढी राजश्व संकलन गर्ने कार्यालय दमौलीमा सरेका कारण लक्ष्य भन्दा कम राजश्व संकलन भएको हो’ उनले भने, ‘हाल दमौलीमा राजश्व बुझाउने प्रतिष्ठानको आन्तरिक राजश्व कार्यलय पोखरामा राजश्व योगदान करिब ४० प्रतिशत थियो ।’

दमौलीमा राजश्व बुझाउदै आएका सुर्य नेपाल, सुर्य ब्याण्डर, अवतीस डिस्ट्रिलरी लगायतका ब्यवसायीक प्रतिष्ठानहरुले आन्तरिक राजश्व कार्यालय पोखराले संकलन गर्ने राजश्व मध्ये करिब ४० प्रतिशत योगदान रहेको अधिकृत लामिछानेले बताए ।

आर्थिक बर्ष २०७५-०७६ देखि कार्यालयको कार्यक्षेत्र खुम्चिएर कास्की र स्याङजा मात्र भएका कारण राजश्व विभागले गरेको परीक्षणमा केही फरक पर्न गएको सूचना अधिकारी लामिछानेले बताए । कार्यलयले संकलन गरेको करमा आय करको राजश्व संकलन लक्ष्य भन्दा बढी भएको उनले बताए ।

कार्यालयले गतबर्ष आयकर तर्फको लक्ष्य ३ अर्ब ६ करोड, ३३ लाख २५ हजार राखेको थियो । त्यसमध्ये कार्यलयले २ अर्ब ४२ करोड ३ लाख १९ हजार अर्थात ७८.६८ प्रतिशत राजश्व संकलन गरेको थियो । व्याज करबाट गत बर्ष ९३.९९ प्रतिशत अर्थात २० करोड ९२ लाख ३३ हजार राजश्व संकलन भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । गत बर्ष व्याज करमा २२ करोड २६ लाख ६ हजारको लक्ष्य निर्धारण गरिएको थियो ।

कार्यालयले मुल्य अभिबृद्धि कर (भ्याट) मा सवै भन्दा बढी सफलता हासिल गरेको छ । यसमा १ सय २०.७० प्रतिशत सफलता पाएको छ। १ अर्ब ३ करोड ८७ लाख ३७ हजार राजश्व संकलनको लक्ष्य लिएको कार्यलयले १ अर्ब २५ करोड ३७ लाख ९७ हजार राजश्व संकलन गरेको छ । अन्त शुल्क तर्फ १ अर्ब ४३ करोड ८६ लाख ३१ हजारको लक्ष्य राखिएकोमा ८४.४८ प्रतिशत अर्थात १ अर्ब २१ करोड ५३ हजार २ हजार राजश्व संकलन गरिएको छ ।

गत बर्ष घर बहाल करबाट कार्यालयले ९ करोड ४८ लाख ७४ हजार, शिक्षाबाट १ करोड ६५ लाख ९६ हजार र स्वास्थ्य करबाट ९ करोड ७७ लाख ४३ हजार राजश्व संकलन गर्न सफल भएको कार्यालयले यस आर्थिक बर्षमा भने सो वापतको कर स्थानीय निकायलाई हस्तान्तरण गरेका कारण पनि कर संकलनमा प्रभाव पारेको अधिकृत लामिछानेले बताए । कर कार्यलयले लिदै आएको घरबहाल कर र सम्पति कर पोखरा महानगरपालिका र गाउँपालिकाहरुले उठाउँदै आएका छन् ।

स्थायी लेखा नम्बर ( PAN) लिनेको भिड

 स्थायी लेखा नम्बर ( PAN) लिनेको भिड लाग्न थालेको छ । तलबभत्ता, ज्याला अथवा पारिश्रमिक लिने व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था सरकारले गरेसँगै भिड लाग्न थालेको हो ।

हालसम्म ३ हजार बढीले यही साउन महिनाभित्र पान नं. लिएको लामिछानेले जानकारी दिएका छन् ।व्यवसायीक रुपमा स्थायी लेखा नम्बर लिनेको संख्यामा समेत वृद्धि भएको सूचना अधिकारी लामिछानेले बताए । साउन महिनाभित्र ६ सय बढीले व्यवसायीक स्थायी लेखा नम्बर लिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds