बाल यौन दुर्व्यवहारको आरोपमा पर्वतमा वडा सदस्य पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा पर्वतमा वडा सदस्य पक्राउ

Kushma-Municipality-Office

पर्वत, १५ साउन । नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds