मुग्लिनको आर्क ब्रिज, चीन पढेर आएका नेपाली ईञ्जिनियरको डिजाईन

मुग्लिनको आर्क ब्रिज, चीन पढेर आएका नेपाली ईञ्जिनियरको डिजाईन

Muglin (1)

पोखरा । २०७१ सालबाट निर्माण थालिएको मुग्लिनको मोटरेवल पुल सञ्चालनमा आइसकेको छ । प्रदेश नंं ३ चितवनको जिल्लाको इच्छाकामना गाउँपालिका स्थित मुग्लिन र गण्डकी प्रदेशको तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने मोटरेवल पुल ‘आर्क ब्रिज’ बाट सवारी आवागमन सुरु भएपछि पूरानो पुलको जोखिम टरेको छ ।

कुल १२ करोड रुपैँया लागतमा बनेको पुल निर्माणको जिम्मा इ–राइड एडभेञ्चर लोहनी जेभी कम्पनीले लिएको थियो । निर्माण कम्पनीको अनुसार एक सय ६० मिटर लम्वाई र ११ मिटर चौडाई छ । चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ ।

यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।

तस्वीरः गिरमान गुरुङ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ