पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष खगराज आचार्य माथि हातपात गनेविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ । दाताराम शर्मा आचार्यले आइतबार पोखराको राष्ट्र बैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले प्रहरी कहाँ उजुरी दिएका थिए । पटक पटक आफूमाथि दातारामले दबाब दिएको अध्यक्ष आचार्यले बताए ।
https://www.facebook.com/gandaknews/videos/690525074729090/
‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसीबी पालेका रहेछन्’, उनले भने, ‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिए । तर दातारामले मानेका थिएनन् । यही विषयलाई उनले मनमा लिएर हातपात गरेँ ।’ वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताएपनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन् । आइतबार दिउँसो राष्ट्रबैंक चोकमा जुस खाइरहेका अध्यक्ष माथी दातारामले एक्कासी हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी उनीमाथि सोमबार सार्वजनिक मुद्दा चलाइएको बताए । कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन । अहिले बसाइँ सरेर वडा १७ बस्दै आएका छन् । वडा अध्यक्ष आचार्य माथि हातपात भएको देखेपछि नजिकै रहेका स्थानीयले थप कुटपिट हुनबाट जोगाएका थिए ।
http://gandaknews.com/kutpit-khagaraj/
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन