६८२ को सित्तैमा टिजी र सुगर जाँच

६८२ को सित्तैमा टिजी र सुगर जाँच

url malepatan 76 (1)

पोखरा । राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।

पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नुपूर्व नै सावधानी अपनाउन आग्रह गरे ।

डा. काफ्लेले मधुमेह, टिजी, प्रेसर, थाइराइड जस्ता रोग लागे वेवास्ता नगर्न र जीवन नै सकियो भन्ने पनि नसोच्न आग्रह गरे । उनले भने, ‘रोग लाग्दैमा जीवन सकियो भन्ने सोच्ने पनि होइन, उपचारै नगरी ठीक हुन्छ भनेर बस्ने पनि होइन ।’ समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ निशुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिइसकेको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds