तनहुँ । अपराध गर्ने लाई अब उन्मुक्ति नभएको गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले बताए । सो कुरा उनले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजनामा आइतबार भएको जिल्लाको शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
रोजागार भएमा आधा अपराध आफै घट्ने उनले बताए । बेरोजगार धेरै भएको हुदाँ अपराधिक क्रियाकलापमा वृद्धि भईरहेको घिमिरेले बताए । आजको दिनमा हरेक क्षेत्रमा सुशासन आवश्यक रहेको घिमिरे बताउछन । प्रहरी संगठन मजबुत बनाउन शुद्धिकरण समेत गर्न लागेको घिमिरेले जानकारी दिए ।
न्यून स्रोत र साधनका बाबजुत राष्ट्र र जनताको शान्ति सुरक्षामा नेपाल प्रहरी दिनरात नभनी लागेको घिमिरेले बताए । सुचना नलुकाउन र हिँसा सहेर समेत नबस्न घिमिरेको आग्रह छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत सर्वसाधारणको घर दैलोमा प्रहरी पुग्ने प्रयास गरेको समेत उनले बताए ।

त्यस्तै साइबर क्राइम नेस्तेज पार्ने प्रयासमा नेपाल प्रहरी लागेको र चेतना मुलक कार्यक्रम समेत प्रस्तुत गर्ने आइरहेको उनले बताए । लागुऔषधको ओसारपसार तथा प्रयोग गण्डकी प्रदेशमा चिन्ताजनक रहेको डीआइजी घिमिरेले बताए ।
विभिन्न घटनाको समाधान गर्नको लागि सिसिटिभी आवश्यक पर्ने हुदाँ गुणस्तरीय प्रविधि प्रयोग गर्नुपर्ने घिमिरेले बताए । समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रदेशका जिल्ला भ्रमण गरिरहेको समेत उनले जानाकरी दिए ।
अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश समृद्ध र सुशिक्षित रहेको समेत घिमिरेले बताए । उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको प्रदेश उनले बताए । २०४६ सालमा नेपाल प्रहरीमा सेवा सुरु गरि २०५० सालमा तनहुँमा पनि २ वर्ष बढी सेवा गर्ने अवसर मिलेको समेत घिमिरे बताए ।
सोहि अवसरमा प्रमुख जिल्ला अधिकारि रुद्रप्रसाद पण्डितले लागुऔषध ओसारपसार र राजमार्गका दुर्घटना नै तनहुँको मुख्य समस्या भएको बताए । जिल्लाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु संग निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको समेत प्रजिअ पण्डितले बताए ।

प्रविधिको प्रयोग व्यापक रुपमा गर्नुपर्ने समेत उनले बताए । स्थानिय तहहरुले सिसिटिभी जडान गर्न सहयोग गर्नुपर्ने पण्डितले बताए । कुनै पनि राजनीतिक पार्टीको प्रभावमा नपरी काम गरेको र गर्ने समेत पण्डितले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष वैकुण्ठ मिश्र, संघमा पुर्व अध्यक्ष कृष्ण राज पण्डित, व्यास ५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतले जनताले प्रहरी लाई सहयोग गरे अपराध कमि हुने बताएका थिए ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’को सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्ठाका प्रतिनिधिहरुको प्रतिनिधीको सहभागिता रहेको थियो । कुनै पनि राजनीतिक दवावमा नपरी अनुसन्धान गरि अपराधिलाई कारबाहीको घेरामा ल्यान समेत उनिहरुको अनुरोध थियो ।
डीआइजी घिमिरेलाई स्वागत
सोहि अवसरमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेलाई स्वागत् समेत गरेको थियो ।
इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगाएत अन्य पदाधिकारीहरुले घिमिरेलाई खादा र टिकाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन इकाईका सचिव दधिराज घिमिरेले गरेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते