कास्कीका विभिन्न स्थानमा गाँजाको बोट नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ बागमारा स्थित तोरीचौर, चेनपुर, कालिकाथान, लामगादी, ठुलढुङगामा गाँजा सम्बन्धि चेतनामुलक घरदैलो कार्यक्रमका साथै करिब १० क्वीण्टल गाजाका बोटहरु फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समेतको उपस्थितीमा भएको उक्त कार्यक्रममा १५ जना प्रहरी कर्मचारी र ४२ जना स्थानिय गरी ५७ जना व्यक्तित्वहरुको सहाभागिता रहेको थियो ।
यस्तै, कास्की माछापुच्छ्रे गा.पा. वडा नं. २ खरिबोट र भलाहबोट वडा एरियामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटहरु प्र.चौ. घाचोक, स्थानिय टोल सुधार समिति, आमा समुह र स्थानीय युवा क्लबका प्रतिनिधी समेत ३० जनाको सहभागीतामा अन्दाजी २ (दुई) कुईन्टल गाँजा फँडानी गरि नष्ट गरिएको छ ।

यसैगरी, प्रहरी चौकी घान्द्रुक, स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लब समेत १८-२० जनाको सहभागितामा अन्नपुर्ण ११ मा प्राकृतिक रुपमा उम्रिएका करिव १५० बोट गाजा फडानी गरि नष्ट गरिएको छ ।
यस्तै, प्रहरी चौकी घाचोक, स्थानीय टोल सुधार समिती, स्थानीय समेत २० जनाको सहभागीतामा सुक्लागण्डकी ईलाकामा प्राकृतिक रुपमा उम्रिएको करिव ६० बोट गाजा फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो