राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको छ ।
बोर्ड एक अधिकारीका अनुसार आइतबार प्राविधिक सहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरिएको छ । सो नतिजामा कुनै त्रुटि नभेटिएपछि सोमबार नतिजा प्रकाशित गरिने भएको हो ।
यसवर्ष पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ । सबै संकायको नतिजा नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो दोस्रो पटक हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो