अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भयो । स्याङ्जा वालिङकी समिक्षा सुवेदी र स्याङ्जाकै गोपाल भण्डारीको दुःखद निधन भयो । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।
५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ । कार चालक पोखराकै सागर भट्टराईका साथै संगित देवकोटा र अश्विन कँडेलको उपचार भईरहेको छ । अश्विन सामान्य घाईते मात्रै भए । चालक सागर पनि खतरामुक्त छन् । संगितको अवस्था गम्भिर रहेको जनाईएको छ । संगीत र चालक सागरको क्यानबेरा हस्पिटलमा उपचार भइरहेको छ भने अश्विनलाई कुमा हस्पिटलबाट डिस्चार्ज गरिसकिएको छ । बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते सागर र संगितलाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा लगिएको थियो। कारको दायाँ छेवैमा बसेका समिक्षा र गोपाल दुवैको ज्यान गएको हो ।
https://www.facebook.com/samixa.subedi/videos/1315114031985054/
क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए।
सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूका १५ जनाको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो उनीहरू राति उडन रिजर्भमा गएर बसे तर सोही समूहको ५ जनाको एउटा टोली भने रातको दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेको थियो। सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो।
तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताएका छन् । उडन रिजर्भ जाँदा उनीहरुले फेसबुक लाइभ समेत गरेका थिए । समिक्षाले दुई पटक लाइभ गरेकी छिन् । घटनापछि अहिले उनको भिडियो हजारौंले हेरेका छन् ।
https://www.facebook.com/samixa.subedi/videos/1315074875322303/
कसरी भयो दुर्घटना ?
उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए।
घाईते अश्विन कडेलले भनेका छन्ः हामी बिहान साढे दुई बजेतिर उठेर हिँडेका थियौं, एक घन्टाको यात्रापछि अचानक गाडी अगाडि कंगारुजस्तो चिज देखियो, गाडी छलाउदा छलाउदै पल्ट्यो। त्यसपछि म गाडीभित्रै च्यापिएर बसेछु। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं’
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो