काठमाडौं । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रसका नेता तथा पूर्व खरिदार समेत रहेका युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका छन् । पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको वालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले श्रेष्ठलाई छानिबन दायरामा ल्याएपछि उनले आत्माहत्या गरेका हुन् ।
केही दिन अघि अख्तियारको अनुसन्धानको क्रममा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउन लागि फाइल खडा गर्ने कार्यमा संलग्नता रहेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले आत्महत्या गरेका महानगरीय प्रहरी वृत्त बालाजुले पुष्टि गरेको छ ।
केही बबषै पहिले नै जागिरबाट अवकाश पाएका उनी पर्वत कांग्रेसका नेता समेत हुन् । मलको सातौ तलाबाट हामफाल्ने बितिक्कै अस्पताल लगिएको तर अस्पताल पुर्याउने वितिक्कै उनलाई डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु