तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार एक लाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ डहरे बस्ने वर्ष ५७ को बेल बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
२०७२ भदौ २४ गते शुक्लागण्डकी ८ डहरे बस्ने बर्ष ३७ को हर्ष बहादुर कुमाललाई सोही बस्ने बेल बहादुर कुमालले ज्यान मार्ने मनसायले धारिलो हतियारले प्रहार गरेका थिए ।
टाउकोमा प्रहार गर्दा गम्भिर चोट लागि घाईते भएको घटना सम्बन्धमा तत्काल पिडित पक्षबाट जाहेरी दरखास्त लिई अनुसन्धान सम्पन्न भएको थियो ।
जिल्ला अदालत तनहुँमा पेश गर्दा २०७२ असोज १५ गतेको आदेशले कुमाल पुर्पक्षको लागि थुनामा गएको प्रहरीले जनाएको छ ।
पछि पुनरावेदन गरी छुटेकोमा जिल्ला अदालत तनहुँबाट २०७३ असार १९ गते फैसला हुँदा निज प्रतिवादीको हकमा ५ वर्ष कैद संजाय तोकिइएको थियो ।
तोकिएको कैद भुक्तान गर्न बाँकी रहि फरार नै रहेकोले खोजतलासको क्रममा शुक्रबार कुमालकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद भुक्तान गर्नको लागि कारागार कार्यालय तनहुँ पठाईएको प्रहरीले जानकारी दियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते