हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको नाममा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ६० हजार राशीको पुरस्कार स्थापना गरेको छ।
पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्धेश्यले टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले बताए। पर्यटन क्षेत्रको सुधारमा योगदान पुर्याउदै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागि परेका टानले जनाएको छ। मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङको पाथीभरा नजिक हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। टानले आउने साधारणसभादेखि पुरस्कार वितरण गर्ने भएको छ।
टानले स्थापना गरेकोमध्ये अधिकारीको नाममा स्थापना गरिएको पुरस्कार सबैभन्दा ठुलो रासीको पुरस्कार हो। टानमा हाल २५ हजार रासीको दुई जनालाई टान पत्रकारिता पुरस्कार, ५० हजार रासीको टान डा. हर्क गुरुङ पुरस्कार, ५० हजार रासीकै टान पासाङ ल्हामु पुुरस्कार र १५ हजार रासीको टान पेम्बा डोमा पुरस्कार रहेका छन्। पर्यटन व्यवसायीहरुको छाता संस्था रहेकाले टानले उच्च योगदान पुर्याउने व्यक्तिलाई यि पुरस्कारबाट सम्मान गर्दै आएको छ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो