पोखराको विजयपुर खोलामा नयाँ बनेको बेलिब्रिज पुल सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि सञ्चालनमा आउने भनिएपनि नटबोल्ट कस्न र वारीपारीका सडक तयार बनाउन समय लागेकाले शनिबार अपरान्हबाट मात्रै सञ्चालनमा आएको हो ।

यसअघिको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो । तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी पोखरा भित्रन पृथ्वीराजमार्गबाट पाएको थिएन ।
आजबाट सञ्चालनमा आएको सो पुलमा यही हप्ताभित्र पिच गरिने भएको छ । पुल सञ्चालन अघि भारी सवारी डोजरलाई चलाएर परिक्षण पनि गरिएको थियो । यद्यपी, ३५ टन माथिका सवारी भने यो पुलबाट सञ्चालन गर्न पाईनेछैन । तर, नयाँ बन्दै गरेको पोखरा विमानस्थलका लागि सामान ल्याउने झण्डै ५० टन क्षमताका गाडीहरु भने यस बेलिब्रीज पुलबाट पनि चलाउन नपाउने भएको छ । त्यसकारण चिनियाँ टोलीले भत्किएको डाइभर्सन बनाउन सुरु गरिसकेको छ । वारीपारी बाटो पक्की नहुन्जेल रातको समयमा विजयपुर खोलाको यो नयाँ बेलिब्रीज पुलमा गाडी चलाउन पनि निषेध गरिएको छ ।

तस्विरः मनोज भुजेल
https://www.facebook.com/gandaknews/videos/2059341751040815/
http://gandaknews.com/bijaypur-belibridge/
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु