पोखरा बिजयपुरमा नयाँ पुलबाट गाडी गुड्न थाले

पोखरा बिजयपुरमा नयाँ पुलबाट गाडी गुड्न थाले

Bijaypur pul

पोखराको विजयपुर खोलामा नयाँ बनेको बेलिब्रिज पुल सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि सञ्चालनमा आउने भनिएपनि नटबोल्ट कस्न र वारीपारीका सडक तयार बनाउन समय लागेकाले शनिबार अपरान्हबाट मात्रै सञ्चालनमा आएको हो ।

यसअघिको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो । तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी पोखरा भित्रन पृथ्वीराजमार्गबाट पाएको थिएन ।

आजबाट सञ्चालनमा आएको सो पुलमा यही हप्ताभित्र पिच गरिने भएको छ । पुल सञ्चालन अघि भारी सवारी डोजरलाई चलाएर परिक्षण पनि गरिएको थियो । यद्यपी, ३५ टन माथिका सवारी भने यो पुलबाट सञ्चालन गर्न पाईनेछैन ।

https://www.facebook.com/gandaknews/videos/2059341751040815/

http://gandaknews.com/bijaypur-belibridge/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ