तनहुँ । तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै बोलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट ११ का २४ वर्षीय दीपक दर्जी रहेका छन्।
जिपले बिहीबार बिहान सवा पाँच बजे आँबुखैरेती गाउँपालिका २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका ७९ वर्षीय खड्गबहादुर दर्लामीको ज्यान गएको थियो ।
तर जीप सहित चालक भने फरार रहेको थियो । प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा शुक्रबार जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाग्लुङको बुर्तिवाङबाटत बिरामी बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जिपलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
बिहानै भएकाले घटना लगत्तै चालक फरार हुँदा प्रहरीले पहिचान गर्न नसकेको र राजमार्गको सीसीटीभी फुटेजमार्फत अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन ।
धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर सोही सवारीको नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
जिपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालकलाई पक्राउ गरेको लामिछानेले बताए ।
चालक दर्जीले घाइतेको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।
तनहुँ जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप अनुमति लिइ प्रहरीले चालक दर्जीविरुद्ध अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते