पोखराको इतिहासमै पहिलो पटक ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघसंस्थाको छाता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्वारा आयोजित रक्तदानमा ६ सय ३९ जनाले रक्तदान गरेका हुन् ।
एशोसिएसनले हरेक वर्ष खुला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस वर्ष नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी २ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
जसमा अनुसार अमर सिंहचोकमा २ सय ७६ र रंगशालामा ३ सय ६३ युनिट रगत संकलन भएको संस्थाका क्षेत्रीय कोषाध्यक्ष सेत्तमराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार एशोसिएसनमा आवद्ध ३९ वटा ट्रेनिङ सेन्टरमा आवद्ध प्रशिक्षार्थी कार्यक्रममा सहभागी थिए ।
एशोसिएसनले सामाजिक काममार्फत नेपालको ३ क्षेत्र पोखरा, काठमाडौं र धरानमा सामाजिक कामलाई समेत प्राथमिकता दिंदै आएको जनाएको छ । रक्तदान कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्कीले रक्तदान जत्तिको धर्म अन्य कुनै नहुने बताए । उनले रक्तदान बारे युवापुस्तालाई बुझाउन आवश्यक रहेको समेत बताए ।
उक्त अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, एशोसिएसनका प्रमुख संरक्षक रामप्रसाद गुरुङ र संरक्षक यामबहादुर गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु