पोखरा पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव बढेको छ । अस्पतालको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित छन् । बिहिवार बिहान कास्की अन्नपूर्ण गाउँपालिका घर भइ पोखरा चाउथे बस्दै आएकी ३३ वर्षीय निशा कुमारी थापाको मृत्यु भएको थियो ।
सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव भएपछि ज्यान गएको हो । रगत नथामिएपछि आफूले सिस्टर (नर्स) लाई भन्दा पनि वास्ता नगरेको र यसमा डाक्टर, अस्पताल कोहि पनि जिम्मेवार नबनेको कुरुवा बसेकी निशाकी बहिनी तारा थापा मगरले बताइन् । ‘बच्चा सामान्य रुपमा नै जन्मियो, रगत धेरै बगेर नर्सलाइ खबर गर्दा अलि अलि हुन्छ भन्दै वास्ता गरेनन् । पछि रक्तस्राव बढ्दै जाँदा समेत वास्ता गरेनन् । दिदीको यो हालत बनाए ।’ ताराले भनिन् ।
उनका अनुसार अहिले पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । आक्रोशित भिडले ढुङ्गा प्रहार गर्न थालेपछि बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ । ड्युटिमा रहेका कर्मचारीलाई समेत ल्याउन पर्ने भन्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । यस अस्पताल सामुदायिक नाम भएपनि निजी अस्पताल नै हो । जहाँ प्राइभेट हस्पिटल झैं महंगो छ ।
तस्विरः सुरेश सुनार
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु