काठमाडौं– एक बर्षअघि अर्थात (२०७५ साउन १०) गते कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, घटनाको एक बर्ष बितिसक्दा पनि दोषी पक्राउ गर्न सकको छैन । निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ । प्रहरीको अनुसन्धानमाथि नै दर्जनाैं प्रश्नहरु उब्जिएका छन् ।
घटनापछि दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आन्दोलन चर्कियो । आन्दोलनलाई नियन्त्रणमा लिन भनेर सुरक्षाकर्मीबाट चलाइएकाे गाेली लागेर निर्दोष व्यक्तिले ज्यानसमेत गुमाउनु पर्यो । घटनालाई थामथुम पार्न प्रहरीले अनेक निर्दोष व्यक्तिलाई अभियुक्त बनायो, यातना दियो । घटनाको अनुसन्धानका लागि आधा दर्जन छानविन समिति बने । छानविन समितिले शंकास्पद भन्दै ५ सय २९ जनासँग बयान लियो । यतिमात्र होइन ७३ जनाको त ‘डीएनए’ परीक्षण नै गर्यो ।
निर्मला प्रकरणको अनुसन्धान प्रक्रियाको शुरुवातमै प्रहरीले गल्ती गरेको छ । अनुसन्धानको सामान्य प्रक्रियासमेत पालना नगरी स्थानीय समाजले भनेको र बाहिर आएको हल्लाको पछाडि लाग्दा असली कुराहरु बाहिर आउन सकेनन् ।
सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु