पोखरामा श्रीमतीको दाउ प्रहारबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -१६ गोष्टे स्थित शिवालय ठाँटी समाज घर बस्ने बर्ष ५० का सुकराम परियार रहेका छन् ।
प्रहरीका अनुसार उक्त समाज घरमा बस्दै आएका सुकराम र उनकी श्रीमती सिता परियार बीच झगडा हुँदा श्रीमती सिताले धारिलो दाउले श्रीमान सुक परियारमाथी प्रहार गरेकी थिइन् । श्रीमतीको दाउ प्रहारबाट गम्भीर घाइते सुकरामलाई उपचारका लागि नजिकैको मातृशिशु अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।
घटना लगत्तै खटिएको प्रहरीको टोलीले श्रीमती सितालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ