पोखरा, साउन ९ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐनमा ‘निजी सचिवालयको व्यवस्था’ भन्ने उपदफा थप गरिएको छ । महानगरका मेयरले राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखाअधिकृत सरह र उपमेयरले राजपत्र अनंकित प्रथम श्रेणीको नासु सरहको स्वकीय सचिव राख्न पाउने भएका हुन् ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तहहरु छन् । एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गण्डकीमा पर्छ । पोखरा महानगरपालिकाका मेयर र उपमेयरले मात्रै यो सुविधा पाउने सरकारले जनाएको छ ।
यसैबीच, प्रदेशका जनप्रतिनिधि र सांसदको सेवा सुविधा सम्बन्धि संशोधित प्रश्ताव प्रदेशसभामा पेस गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उक्त ऐन संशोधनका लागि प्रदेशसभामा पेश गरेका हुन् ।
यसअघि महानगरपालिकाका मेयर र उपमेयरले प्राविधिकबाट कर्मचारी भर्ना गरेर स्वकीय सचिवको रुपमा परिचालन गर्दै आएका थिए । ऐन संशोधन भएपछि सम्बन्धित स्थानीय तहले नै खर्च व्यहोर्ने गरी स्वकीय सचिवले सुविधा पाउनेछन् ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु