बिहेको २ महिनामै श्रीमानलाई बलात्कार मुद्धा, २१ वर्षीय श्रीमान् भन्छन्ः ‘यहाँकै महिलाहरुले उक्साए’

बिहेको २ महिनामै श्रीमानलाई बलात्कार मुद्धा, २१ वर्षीय श्रीमान् भन्छन्ः ‘यहाँकै महिलाहरुले उक्साए’

Divorce

धरानमा श्रीमतीले श्रीमानलाई जबरजस्ती करणीको मुद्धा हालेकी छिन् । बिवाह गरेको २ महिनामा नै एक महिलाले आफनो श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् ।

टेम्के मैयुङ गाँउपालिका भोजपुरकी एक १७ बर्षीया महिलाले श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् । उनको उजुरीसंगै प्रहरीले उनको २१ बर्षीय श्रीमान युवराज कार्कीलाई प्रक्राउ गरेको छ ।  श्रीमानले जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले किटानी उजुरी दिएकी हुन् । उजुरीपछि महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गराईएको छ ।

गत बैशाख २७ मा उनीहरुबीच मागी बिवाह भएको थियो । घर भित्राएदेखि नै श्रीमानले आफुमाथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको भन्दै उनले स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार कार्कीबिरुद्ध उजुरी दर्ता भएकोले आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईएको बताए । यता श्रीमानबिरुद्ध उजुरी दिएपछि श्रीमती आफन्तको घरमा शरण लिएर बसेकीछिन् ।

‘स्थानीय महिलाहरुको उक्साहटमा लागिन्’

श्रीमान कार्कीले भने श्रीमान श्रीमतीबीच सामान्य घर झगडा भने हुने गरेको तर स्थानीय महिलाहरुको उक्साहटमा श्रीमतीले उजुरी दिएको बताएका छन् । नयाँ कानुन अनुसार श्रीमतीको इच्क्षा बिपरित यौन सम्बन्ध राखे त्यसलाई पनि बलात्कारको रुपमा हेरिने गरिन्छ । जसमा श्रीमानलाई ५ बर्षसम्मको जेल सजायँ हुने व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ