पोखरा । पोखराको दुई ठाउँमा आज सडक भासिएको छ । पोखरा १, मोहोरिया टोल र नयाँ एयरपोर्ट नजिकैबाट फलेपाटन जाने सडकमै भ्वाङ परेको हो । यसअघि, व्यस्त चोक चिप्लेढुंगामै सडक भासिएको थियो । पोखरामा ठाउँठाउँमा यस्तो समस्या देखिरहेको छ ।
पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा बिहान ११ बजेतिर सडक भासियो । गुडिरहेको मोटरसाइकल पछाडिको टायर तल भासिँदै गएपछि केहि समयमा प्वाल परेको हो । त्यसपछि स्थानीयले स्थानीयले प्रहरी, महानगर र खानेपानी संस्थालाई जानकारी गराएका थिए । सूचना प्राप्त गरेपछि पुगेको ईञ्जिनियर टोलीले हेर्दा भित्र ठूलो क्षेत्र खाली रहेको पाएका थिए ।
https://www.facebook.com/gandaknews/videos/2346837405577231/
सडक माथि करिब आधा मिटर क्षेत्रमा प्वाल देखिएको थिए । डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिक भएको र पानीकै कारण भासिएको स्थानीयले बताएका छन् । भासिएको सडक हेर्न सर्वसाधारणको भिड लागेको थियो । डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए ।
यस्तै, पोखरामा नयाँ बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट फलेपाटन जाने सडक पनि भासिएको छ । आज विहीबार दिउँसो ३ बजेतिर भासिएको स्थानीयले जनाएका छन् । पोखरामा जमिन भासिएपनि कुनै मानवीय क्षति भने भएको छैन । बाटो भासिएर सुरुङ बनेको छ । हेर्ने मान्छेको भिड लागेको थियो ।
https://www.facebook.com/gandaknews/videos/1338887272927124/
पोखराको चिप्लेढुङ्गामा जेठ ३२ गते सडक भासिएको थियो ।
http://gandaknews.com/chipledhunga-2/
http://gandaknews.com/pokhara-bwang/
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु