पोखरा । पोखरा १७ छोरेपाटनका १६ वर्षीय अञ्जन सुनारले दोस्रो जिवन पाएका छन् । सुनार अस्ति मंगलबार छोरेपाटन स्थित डेविडफल्स र फुस्रेखोलाको दोभानबीच अनकन्टार खोल्सामा खसेको आज मात्रै अरुले थाहा पाएका थिए ।
मंगलबार एक्लै माछा मार्ने भन्दै खोल्सामा पुगेको अञ्जनको ढाँडमा समस्या आएपछि तल खसेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । ‘खोँच टाइपको छ । ढाँडमा समस्या आएछ, त्यसपछि शरीररको तल्लो भाग चलेन । अनि खोचमा खस्यो । खोलाको आवाज पनि ठूलो भएकाले त्यहाँ कसैले पत्तै पाएन । त्यहाँ मान्छे गईरहने ठाउँ पनि हैन ।’ उनले भने– ‘बल्ल आज दिउँसो १ बजेतिर माछा मार्न गएको मान्छेले देखेछ र हामीलाई खबर गरे । अनि उद्धार गरेका हौं ।’
उनको आमा पनि पोखरा बाहिर रहेको र घरमा कोहि पनि नभएकाले अञ्जन दुई दिनसम्म कहाँ गयो भनेर कसैले पनि वास्ता नगरेको डिएसपी शाहको भनाई छ । प्रहरीले थाहा पाउनासथा उद्धार गरेको उनले बताए ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट, वडा कार्यादय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाह लगायतको टोली उद्धारमा पुगेको थियो ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो