‘भिजिविलिटी’ नपुग्दा पोखरा विमानस्थलमा जहाज आउन जान सकेनन्

‘भिजिविलिटी’ नपुग्दा पोखरा विमानस्थलमा जहाज आउन जान सकेनन्

Pokhara Airport plane

File Photo

पोखरा । प्रतिकूल मौसमका कारण पोखरा विमानस्थलको सेवा अवरुद्ध भएको छ । मौसम बद्लीसँगै बाक्लो कुहिरोले भिजिविलिटी नपुग्दा विमान उड्न र ल्याण्ड हुन नसकेको विमानस्थलले जनाएको छ ।

पोखरा विमानस्थलका प्रशासन अधिकृत काशीनाथ पौडेलका अनुसार आज एउटा पनि जहाज उड्न सकेका छैनन् । मौसम नखुले आज विमान सेवा अवरुद्ध हुने उनले जनाए । उडान नहुँदा टिकट काटेर उड्न ठीक्क परेका यात्रु अलपत्र परेका छन्। पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध, यती, सिम्रीक, तारा लगायतका एयरलाइन्सले दैनिक उडान भर्छन्।

मौसम सफा हुँदा विमानस्थलबाट सानाठूला गरी दैनिक ४० देखि ५० उडान हुने गरेका छन् । विमानस्थलबाट मंगलबार २५ उडान भएको थियो भने सोमबार २८ उडान भएको थियो । यो विमानस्थललाई राजधानी बाहिरको व्यस्त विमानस्थल मानिन्छ। पोखराबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङ, भैरहवालागयतका गन्तव्यमा उडान हुने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds