गण्डकी प्रदेशमा ५ वर्षमा ३५ सय किलोमिटर कालोपत्रे !

गण्डकी प्रदेशमा ५ वर्षमा ३५ सय किलोमिटर कालोपत्रे !

Gandaki Ministry

पोखरा । गण्डकी प्रदेशभित्र अहिले ९ सय ३७ कालोपत्रे सडक छ । ५ वर्षमा कालोपत्रे सडकको दुरी ३ हजार ४ सय ५० पुर्‍याउने प्रदेशको नीति तथा योजना आयोगले आइतबार सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको आधार पत्रमा उल्लेख छ । उक्त आधार पत्रअनुसार अबको १० वर्षमा भने गण्डकी प्रदेशभित्र ६ हजार ९ सय ५० किलोमिटर सडक कालोपत्रे भइसक्ने छ । २१०० सालसम्म प्रदेशभित्र १२ हजार किलोमिटर सडक कालोपत्रे हुने छ ।

गण्डकी प्रदेश सरकारले भने चार किसिमका सडकलाई मात्र प्राथमिकतामा राखेको छ । ती हुन् प्रदेश राजधानीदेखि स्थानीय तहसम्मको सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक, एक निर्वाचन क्षेत्र एक सडक र एक जिल्लादेखि अर्को जिल्ला जोड्ने सडक । यी चार खालका सडकलाई प्रादेशिक लोकमार्ग नाम दिएर कालोपत्रे गर्ने प्रदेश सरकारको नीति छ ।

मुग्लिनदेखि दमौली–पोखरा–कुश्मा हुँदै बागलुङ बुर्तिवाङसम्मको सडकलाई प्रदेशले विकास अक्षको रुपमा लिएको छ । कोरलादेखि पोखरा र पोखरादेखि तनहुँको भीमाद हुँदै नवलपरासीको दुम्कीवास त्रिवेणी सडकलाई प्रदेशको अर्को विकास र समृद्धिको आधार मानिएको छ । पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास गर्ने पञ्चवर्षीय योजनाको आधार पत्रमा छ ।

प्रदेशको विकास अक्ष मानिएका आठ सडक

१.मुग्लिङ—दमौली—पोखरा—कुश्मा—बाग्लुङ–बुर्तिबाङ
२. पोखरा—पुतलीबजार—वालिङ—गल्याङ—चापाकोट
३. कोरला—जोमसोम—बेनी—कुश्मा—पोखरा—भीमाद—दुम्कीबास—त्रिवेणी
४. अर्मादी–सेतिबेनी–रुद्रबेनी–मिर्मि–गल्याङ—चापाकोट–देउघाट–गैंडाकोट—कावासोती शालिग्राम सांस्कृतिक मार्ग
५. डुमे्र—बेसीशहर—धारापानीे–रुइलाभञ्ज्याङ
६. बेनीघाट—आरुघाट—श्रीनिवास—सानागाउँ—रुइलाभन्जाङ
७. पोखरा चक्रपथ
८. पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास हुने दोस्रो चक्रपथ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds