कोठामा लगेर सामूहिक करणी आरोपमा दुई पक्राउ

कोठामा लगेर सामूहिक करणी आरोपमा दुई पक्राउ

balatkar

गुलरिया : प्रहरीले सामूहिक करणीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका ८ पशुपति बजार बस्ने वर्ष २४ का अशोक सुनार र स्याउली बजार बस्ने वर्ष २२ का श्रीधर थापा मगरलाई प्रहरीले पक्रेको हो।

अशोक सुनारको कोठामा लगेर एक युवतीलाई डरधम्की दिई सामूहिक रुपमा जबर्जस्ती करणी गरेको जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

पीडितको जिल्ला अस्पताल बर्दियामा स्वास्थ्य परीक्षण गराइएको छ। बर्दिया जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ