एजेन्सी । बलात्कारको आरोप लागेका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको छ । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले कुनै ठोस प्रमाण पेश गर्न नसकेकाले रोनाल्डोले सफाया पाउने भएका हुन् ।
अरोप लगाउनेले घटना कहाँ भएको भन्ने ठोस प्रमाण पेश गर्न नसक्नु र प्रहरी अनुसन्धानबाट पनि कारबाही गर्नका लागि कुनै आधार नभेटिएको अदालतले जनाएको छ ।
‘क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप प्रमाणित गर्ने कुनै स्पष्ट कारण देखिएन । त्यसैले कुनै कारबाही हुने छैन’ अलादतले वक्तब्यमा उल्लेख गरेका छ ।
३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूमाथि बलात्कार गरेको एक अमेरिकी मोडल क्याथरिन मायोर्गाले आरोप लगाएकी थिइन् ।
एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ पनि गरेको थियो । सोधपुछ र अनुसन्धानबाट खास कुनै प्रमाण फेला नपरेपछि रोनाल्डो कारवाही मुक्त हुने भएका हुन् ।
रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा